नेपालगन्ज त्रिभुवन चोकको श्रमबजार रामलिला मैदानमा सारियो

बाँके । कोरोना भाइरस सङ्क्रमणका कारण नेपालगन्जको त्रिभुवन चोकमा लाग्ने श्रम बजारलाई रामलिला मैदानमा सारिएको छ ।
कोरोना भाइरस महामारीका कारण नेपालगन्जको इतिहासमै पहिलो पटक त्रिभुवन चोकमा लाग्दै आएको श्रम बजार स्थान्तरण गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कोरोनाको जोखिमकाका कारण त्रिभुवन चोकमा लाग्ने श्रम बजारलाई उचित ब्यवस्थापनसगैं रामलिला मैदानमा सारिएको बताउनुभयो ।
योसँगैं आइतबारदेखि काम खोज्ने श्रमिक र श्रमिक खोज्ने मालिकहरु रामलिला मैदानमा धाउनुपर्ने छ । त्रिभुवनचोकको साँघुरो ठाउँमा दैनिक ठूलो संख्यामा श्रमिहरु काम खोज्दै आउने गरेका छन् । त्यसरी काम खोज्न आएका श्रमिक तथा अन्य समेतको उपस्थितीले कोरोनाको जोखिम बढेपछि खुल्ला ठाउँका रुपमा सारिएको फोकल पर्शन श्रेष्ठले बताउनुभयो ।
खुल्ला र फराकिलो रामलिला मैदानमा सामाजिक दूरी कायम गर्न र गराउन सहज छ । तर, रामलिला मैदानमा सारिएको श्रमबजारमा पिउने पानी, शौचालय र सितलताका लागि छहारी नभएको श्रमिकहरुले गुनासो गरेकाछन् ।
श्रमिकहरुबाट आएको यी गुनासालाई छिट्टै समाधान गर्ने तयारी भएको समेत फोकल पर्शन श्रेष्ठले जानकारी दिनुभयो ।
आइतबार बिहान प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग, नेपालगन्ज उपमहानगरपालिका मेयर डाक्टर धवल शम्सेर राणा, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, उपमेयर उमा थापा मगर लगायतको सक्रियतामा त्रिभुवन चोकको श्रमबजार स्थान्तरण गरिएको हो ।
यसअघि यहाँ आएका केही श्रमिकमा कोरोना पोजेटिभ पाइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्