तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरो पीडितका लागि एकीकृत कार्य योजना बनाएर कार्यान्वयन गर्नुपर्ने : सभामुख सापकोटा


चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले बाढी पहिरो पीडितहरूका लागि एकीकृत,केन्द्रीकृत कार्य योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे घुम्थाङको पहिरो निरीक्षण र उद्धारका लागि पुग्नु भएको सभामुख सापकोटाले सिन्धुपाल्चोकमा भएको एकपछि अर्को प्राकृतिक विपद्लाई सामान्य प्रकोपको रूपमा लिन नहुने बताउनुभयो ।

उहाँले बाढी र पहिरोपीडितहरूलाई सम्बोधन गर्दै तत्कालीन अल्पकालीन र दीर्घकालीन खाकासहितको पाइलट योजना बनाउन आफूले पहल गर्ने जानकारी दिनुभयो ।

नागपुजे र भीरखर्कका पहिरोपीडितहरूलाई अस्थायी व्यवस्थापन गर्दै सम्पूर्ण पीडितहरूका लागि स्थायी समाधानको रूपमा एकीकृत मोडेल तयार गर्न आफू लागि परिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

आफ्नो गृह जिल्लामा भएको प्राकृतिक विपत्तिलाई सामान्यरुपमा नलिन उहाँले सङ्घीय सरकारलाई आग्रह पनि गर्नुभयो । पहिरोग्रस्त क्षेत्रमा सञ्चारकर्मीहरूसँगको संक्षिप्त भेटघाट गर्दै सभामुख सापकोटाले सिन्धुपाल्चोकमा कति बेला कुन विपत्ति आइपर्ने भन्न नसकिने भएको हुँदा सबैलाई हाइलर्टमा बस्न पनि आग्रह गर्नुभयो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा न ७ नागपुजे र भीरखर्कमा अविरल वर्षासँगै गए राति खसेको पहिरोमा परि हालसम्म नौ जनाको मृत्यु भइसकेको छ भने २३ जना अझै बेपत्ता छन् ।

नेपाली सेना,सशस्त्र र जनपथ प्रहरीले बेपत्ताहरूको खोजी र उद्धार कार्य जारी राखेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button