तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जाबाट बाघको हड्डीसहित एक जना पक्राउ

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बाघको हड्डीसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

यही भाद्र २६ गते साँझ ७ ः०० बजेको समयमा पुलिबजार नगरपालिका वडा नं. १३ आहाले स्थित केहर सिंह नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा बाघको जस्तो देखिने हड्डीहरू लुकाइछिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले नेपालीको घर कोठा खानतलासी गर्दा हड्डी बरामद गरेको हो ।

नेपालीले घरको दोस्रो तलामा काठको ठेकी भित्र लुकाई राखेको बाघको जस्तो देखिने शरीरको टाउको, बङगरासहितको च्यापु समेतको भागको सानो ठुलो गरी जम्मा ८१ (एकासी) वटा हाड फेला परेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बरामद गरिएको हाडहरू र नेपालीलाई आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय स्याङ्जामा बुझाइएको प्रवक्ता समेत रहनुभएको अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button