होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित बृद्धाको मृत्यु

चितवन ।चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आज (आइतबार) विहान ६ बजे मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, चितवनका प्रमुख दिपक तिवारीका अनुसार दिर्घरोग भएकी ती बृद्धाको भदौ ११ गते स्वाव संकलन गरिएकोमा भदौ १५ गते कोरोना पोजेटिभ देखिएको थियो ।
‘उनी क्यान्सरकी बिरामी पनि थिइन,शरीरमा हेमोग्लोबिनको मात्रा पनि कम थियो । उनलाई पोजेटिभ पनि देखियो ।’ प्रमुख तिवारीले भन्नुभयो । बृद्धाको आज(आईतबार) बिहान ६ बजेको समयमा मृत्यु भएको तिवारीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्