तपाईँ सुन्दै हुनुहुन्छः

आगामी तीन दिनको मौसम पूर्वानुमान, यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं-मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ।महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको छ ।

यसैगरी, दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसमको पूर्वानुमान

भाद्र २८ गते (आइतबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र २९ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश , प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र ३० गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश, र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button