तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोक घुम्थाङ पहिरो : ९ जनाको शव निकालियो,२३ बेवत्ता

सिन्धुपाल्चोक ।बाह्रबिसे ७ घुम्थाङमा पहिरो जाँदा पुरिएका ९ जनाको शव भेटिएको छ ।हिरामाया नेवार, जुनु विक, याक्सि तामाङ, सुभलाल तामाङ, सन्देश विक, सर्किनी नेवारको शब भेटिएको छ । ३ जनाको सनाखत हुन बाँकी छ ।८ महिला र एक पुरुषको शब भेटिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानले जानकारी दिनुभयो । उक्त पहिरोमा पनि २३ जना वेपत्ता भएका छन् ।

Image may contain: plant, outdoor and nature

बेपत्ता हुनेहरुमा रसबहादुर नेवार, यानीमाया प्रधान, दिलमाया श्रेष्ठ, करण श्रेष्ठ, रिता श्रेष्ठ, मनिष श्रेष्ठ, रबिना श्रेष्ठ, रियाशु शिबभक्ति र दुई महिनाको वालक रहेका छन् । त्यस्तै पदम कुमारी श्रेष्ठ, लालबहादुर श्रेष्ठ, लालबहादुरका छोरा छोरी, ट्यक्सि शेर्पा पनि बेपत्ता रहेका छन् ।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित स्थानिय यूवाहरु उद्दार कार्यमा खटिएका छन ।पहिरोमा परि घाईते भएका ३ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याईएको छ ।

सभामुख सापकोटा पहिरोस्थलमा

सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुग्नुभएको छ । उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुग्नुभएको हो । उहाँसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायत नेताहरु पनि घटनास्थल पुग्नुभएको छ ।

लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए एनसिसी) नेदरल्यान्डसले जुगल गाउँपालिका–२ स्थित लिदीका पहिरोमा पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । एनसिसी नेदरल्यान्डसले सङ्कलन गरी पठाएको रु दुई लाख १८ हजार ५२६ पहिरो पीडितको अस्थायी बस्ती बासखर्क पुगेर सङ्घका आइसिसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गर्नुभयो ।

उहाँले वडाध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा एनआरएनएका तर्फबाट बहराइनका पूर्वअध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङ पनि सहभागी हुनुहुन्थ्यो ।Image may contain: one or more people, people standing, mountain, outdoor and nature

सो अवसरमा उपाध्यक्ष लामाले एनआरएनएले यो रकम पहिरोमा पीडितहरुको जीविकोपार्जनमा खर्च गरियोस् भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको बताउनुभयो । सङ्घले यसअघि पनि यही ठाउँमा आएर पाँच लाख सहयोग गरेको जनाउँदै उहाँले सो सहयोग तत्काल वितरण गरी पीडितहरुको आवश्यकताअनुसार खर्च गर्न पनि आग्रह गर्नुभयो । वडाध्यक्ष लामाले नेदरल्यान्डसबाट सहयोग रकम सङ्कलन गरी पठाउनुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै उपलब्ध रकम पीडितहरुको आवश्यकताअनुसार खर्च गरिने जानकारी दिनुभयो ।Image may contain: one or more people, mountain, outdoor and nature

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकामा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने दुईजना अझै बेपत्ता छन् । सीता सापकोटाको पहलमा एनआरएनए एनसिसी नेदरल्यान्डसबाट सङ्कलित रकम लिदी पठाइएको हो । त्यस्तै एनआरएनएए नेदरल्यान्डसका अध्यक्ष श्रीराम कँडेलले लिदी पहिरो पीडितसँगै नेपालको बाढीपहिराका कारण अत्यधिक प्रभावित क्षेत्र अछाम र म्याग्दीमा पनि दुई र दुई लाख राहत सहयोग पठाइसकेको जानकारी दिनुभयो ।

पहिरोले क्षतविक्षत बनेको सिन्धुपाल्चोक (फोटोफिचर)

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button