तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोक पहिरो अपडेट : दुई जनाको शव फेला

सिन्धुपाल्चोक । बाह्रबिसे वडा न ७ घुम्थाङमा गएको पहिरोमा पुरिएका मध्ये थप एक जनाको शव फेला परेको छ । भीर खर्कमा पहिरोले पुरिएको ठाउँमा २२ वर्षीय जुनु विकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको हो । यसअघि नागपुजेमा ७ घर पुरिँदा ६० वर्षी य भक्तिमाया श्रेष्ठको शव फेला परेको थियो ।

नाकपुजे पहिरोमा परि १६ जना बेपत्ता भएका छन् भने भीरखर्कको पहिरोमा ६ जना बेपत्ता रहेको डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो । बेपत्ता र घाइतेहरूको उद्धार र खोजी कार्यमा स्थानीय र प्रहरी खटिएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button