बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
अस्पतालमा यही भदौ १४ गते भर्ना भएका ओमसतिया गाउँपालिका–५ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती पुरुषमा श्वासप्रश्वास र ज्वरोको समस्या थियो । अरू दीर्घ रोग नभए पनि अवस्था चिन्ताजनक बन्दै गएपछि मृत्यु भएको गौतमले बताउनुभयो ।
शुक्रवार साँझ पनि रुपन्देहीको देवदहका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो ।
कोरोना विशेष अस्पतालमा हाल १६ जनाको आइसियुमा र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्