प्रधानमन्त्रीको कदमको स्वागत
काठमाडौं । महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहारजस्तो जघन्य अपराधविरुद्ध अध्यादेशमार्फत कानून बनाउन दिएको निर्देशनको स्वागत गरेको छ ।
ओरेकका अध्यक्ष रामवती चौधरीले आज प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीले बिहीबार एसिड पीडित महिलासँगको भेटमा दिएको निर्देशन सकारात्मक भएको उल्लेख गर्दै निर्णयको कदर गरिएको जनाइएको छ ।
प्रधानमन्त्रीको नेतृत्वमा भएको निर्देशनले समयमा नै कानून निर्माण हुने, कानूनको पूर्ण कार्यान्वयन र पीडितले साच्चि नै न्यायको अनुभुति गर्ने वातावरण बन्नेछ भन्नेमा विश्वास लिएको विज्ञप्तिमा छ ।








प्रतिक्रिया राख्नुहोस्