कालाबजारी गर्ने ४ पसल कारवाहीमा
वीरगञ्ज । कोरोना संक्रमणको कारण जनजिवन प्रभाबित भएको बेला कालाबजारी गरी आम उपभोक्ता ठगि गरेको आरोपमा बीरगंजको माईस्थान, लिंकरोड, नेशनल मेडिकल कलेज चोकमा रहेका ४ वटा पसललाई स्थानिय प्रशासनले ७० हजार जरिवाना गरेको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीले आज वीरगंज महानगरपालिकाको माईस्थान चोक, लिंकरोड तथा नेशनल मेडीकल कलेज चोकमा रहेका विभिन्न खाद्यन्न तथा किराना पसलहरुलाई अनुगमन गरेको छ ।
सो क्रममा मूल्य सूची नराखेको तथा खरिद र बिक्री विल उपलब्ध गराउन नसकेको एवं म्याद गुज्रेका समानहरु संचित गरी राखेको आरोपमा बिभिन्न ४ वटा पसलहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिम जरिवाना गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा पहिलो पटक कारवाहीमा परेकाहरुलाई आईन्दा खाद्य बस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धि गरेको भेटिएमा कानून बमोजिम कडा कारवाही गरिने चेतावनी दिईएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।
सो अवसरमा घटनास्थलमै खाद्यान्नको कालाबजारी गर्ने बीरगंज महानगरपालीका वडा नम्बर ७ माईस्थानको २ नम्बर रोडमा रहेको शान्ति जनरल स्टोर्सलाई ५० हजार, बीरगंज लिंकरोड स्थित खेमीसती जनरल सप्लायर्स एण्ड टे«डर्सलाई १० हजार, नेशनल मेडीकल कलेज चोकको श्याम कोल्ड स्टोर र तारा कस्मेटिक जनरल स्टोर्सलाई ५–५ हजार जरीवाना गरिएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्