दुई दिने निषेधाज्ञा हटाउन उद्योग वाणिज्य सङ्घको माग

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघले असोज १ गतेदेखि आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्णरुपमा हटाउन माग गरेको छ ।
उपभोग्य एवं अत्यावश्यक सामान उत्पादन तथा बिक्री वितरण गर्ने कार्य प्रभावित भएको भन्दै संघले लकडाउन र निषेधाज्ञा हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेसँग माग गरेको हो ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकबाट कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न लागू गरिएको लकडाउन तथा निषेधाज्ञा असोज १ बाट हटाउन माग गरेको हो ।
‘साढे पाँच महिना झेल्नसम्म झेलियो । अब झेल्नै नसकिने अवस्था आयो ।’ संघका अध्यक्ष मन्सुरीले भन्नुभयो, ‘त्यसकारण अब असोज १ गतेबाट पूर्णरुपमा लकडाउन खोल्ने र निषेधाज्ञा हटाउनुपर्छ भन्ने मेरो जोडदार माग राख्छौ ।’
संघले शुक्रबार र शनिबार हुँदै आएको निषेधाज्ञा पनि हटाउने विषयमा पनि पुर्नविचार गर्न माग गर्ने निर्णय गरेको संघका महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो ।
बाँके प्रशासनले हरेक साताको दुइ दिन शुक्रबार र शनिबार जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा लगाउँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्