तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी मेडिकल कलेजका अध्यक्षलाई कोरोना सङक्रमण

पाल्पा- लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पाका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलमा भएको स्वाव परीक्षणमा कोभिड १९ पुष्टि भएको हो ।

पोखरेल अहिले पाल्पास्थित होम आइसोलेसनमा बसिरहनुभएको छ ।उहाँको अवस्था सामान्य रहेको कलेजका सचिव निर्दोष खनालले जानकारी दिनुभयो । ‘जनताको सेवा गर्ने क्रममा उहाँलाई कोरोना संक्रमण भएछ’ खनालले भन्नुभयो ‘छिट्टै निको भएर उहाँ पुनः जनताको सेवामा फर्कनु हुनेछ । हामी आशा गरेका छौं।’ कलेजमा कोरोना संक्रमितको उपचार गर्न आइसोलेसन निर्माण गरिएको छ।

अध्यक्षलाई कोरोना पोजेटिभ भएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर २४ जनाको स्वाब संकलन गरिएको छ । पिसिआर परीक्षणपछि उनीहरू सबैको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button