संसदीय उपसमितिद्वारा खरिपाटीस्थित आइसोलेसनको अनुगमन
भक्तपुर । संघीय संसद शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित नेपाल विधुत प्राधिकरण तालिम केन्द्रको स्थलगत अनुगमन गरेको छ ।
अनुगमनमा उपसमितिका संयोजक एवं सांसद जीवनराम श्रेष्ठ नेतृत्वको टोलीले खरिपाटी आइसोलेशनमा भइरहेको व्यवस्थापन बारे स्थलगत अनुगमन गरेको हो ।
अनुगमन टोलीलाई केन्द्रका स्वास्थ्य संयोजक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपन केन्द्रका प्रमुख डा. प्रेमराज ज्ञवालीले आइसोलेसनमा भइरहेको गतिविधि र व्यवस्थापनबारे जानकारी दिनुभएको थियो ।
भक्तपुरमा जनशक्तिको अभाव नभएको तर पीसीआर मेसिनको अभाव भएकाले यथाशीघ्र पीसीआर मेसिन उपलब्ध गराई दिन पहल गरिदिन उपसमितिसँग आग्रह गर्नुभयो ।
विद्युत प्राधिकरणको क्वारेन्टिनलाई २०८ शय्याको आइसोलेसन तयार पारेर लक्षण नभएका विरामी राख्ने गरिएको छ ।
क्वारेन्टिनमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नेतृत्वमा भक्तपुर अस्पताल र क्यान्सर अस्पतालको समन्वयमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
अनुगमनमा उपसमितिका संयोजक एवं सांसद श्रेष्ठले खरिपाटीस्थित आसोलेसनको व्यवस्थापन सन्तोषजनक रहेको बताउँर्दै सबलीकरणका लागि पहल गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्