अछाममा आठ सय ८५ जना कोरोना संक्रमित घर फर्के
अछाम । अछाममा हालसम्म आठ सय ८५ जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । जिल्लामा कोरोना संक्रमण पुष्टि भएका नौ सय ११ जनामध्ये आठ सय ८५ जना बिरामी निको भई घर फर्किसकेका जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।
जिल्लामा अब सक्रिय कोरोना संक्रमितको संख्या २६ जना मात्रै रहेको छ । जिल्लामा सात हजार पाँच सय २० जनाको पीसीआर स्वाब संकलन गरिएकोमा ६ हजार ३ सय ६७ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । संक्रमण पुष्टि भएका नौ सय ११ जनामध्ये सात सय १४ जना पुरुष र एक सय ९७ जना महिला रहेका सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । कोरोना भाईरसका कारण अछामका ३ जनाको ज्यान गैसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्