पत्रकार वीरेन्द्र साहको हत्यारा पटेल पक्राउ

बारा । पत्रकार वीरेन्द्र साहको हत्यारा हरेराम पटेल (कुर्मी ) लाई प्रहरीले पक्राउ गरी अर्को सफलता हात पारेका छ । साहको हत्या भएपछि दर्जनौँ प्रहरी उपरीक्षक बारामा आए तर साहका हत्याराहरू पक्राउ गर्न सकेको थिएन । उनलाई कोल्हवी नगरपालिका वडा नम्बर ४ सपहीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिनुभयो ।
पटेल लुकी छिपी बस्दै आएका थिए । २०६४ साल असोज १८ गते अपहरण गरी तत्कालीन माओवादीका कार्यकर्ताहरूले गोली हानी हत्या गरेका थिए । उनको शव २०६४ साल कार्तिक महिनाको २२ गते टंगियाबस्तीको जङ्गलमा खाल्डो खनी गाडेकोमा कुहिएको अवस्थामा फेला परेको थियो । यो भन्दा अगाडी पत्रकार साहको हत्यारा कुन्दन फौजदार पक्राउ परी सकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्