तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जबाट ४९ जना संक्रमित निको भई डिस्चार्ज

वीरगञ्ज । वीरगन्जबाट आज अपराह्न थप ४९ जना कोरोना संक्रमण निको भई घर फर्किएका छन् । वीरगन्जका विभिन्न अस्पतालको आइसोलेसन, होम आइसोलेसन, सामुदायिक आइसोलेसनमा उपचाररत रहेका संक्रमितहरूमध्ये ४९ जना कोरोना निको भई घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साद्वारा आज अपराह्न जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

स्थानीय प्रशासनले जारी गरेको प्रेस नोटमा आज सम्म पर्सा जिल्लामा दुई हजार चार सय २७ जनामा संक्रमण पुष्टि भएको र ती मध्ये एक हजार आठ सय ७७ पुरुष र पाँच सय ५० महिला रहेका छन् ।

त्यसै गरी वीरगन्जमा कोरोना मुक्त भई घर फर्किनेको सङ्ख्या १६ सय ३० जना पुगेको छ । प्रशासनले जारी गरेको प्रेस नोटमा वीरगन्जमा आजसम्म ४२ जना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको उल्लेख गरिएको छ ।

त्यसै गरी आज सम्म वीरगन्जको अस्थायी कोभिड गण्डक अस्पतालमा २९ पुरुष, १० महिला सहित ३९ जनाको उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button