तपाईँ सुन्दै हुनुहुन्छः

गौवध मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके । गौवधको आरोपमा जिल्ला अदालत बाँकेबाट जेल सजाय पाएका फरार अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेको छ । २०७२ चैत्र १० गते जिल्ला अदालत बाँकेको फैसलाले लगत नं. ३४९३ ले गौवध मुद्दामा १२ वर्ष कैद सजाय तोकिए पनि हालसम्म फरार रहँदै आएका अलि हुसेन तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।

साबिकको सोनपुर गा.बि.स. ८ हाल खजुरा गा.पा. ७ गुनाना बस्ने ३१ वर्षको कुन्ने तेली भनिने अलि हुसेन तेलीलाई पक्राउ गरी जिल्ला अदालत उपस्थित गराइएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी नायव निरीक्षक शरम बहादुर थापाको कमान्डमा खटिएको टोलीले खोजतलास गर्दै जाँदा तोलीलाई खजुरा गाउँपालिका ७ बाट नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ ।

यसैबिच चोरी मुद्दाका फरार अपराधीलाई समेत प्रहरीले पक्राउ गरेको छ । खजुरा गाउँपालिका ८ का २५ वर्षीय कनउ खाँ र सोही ठाउँ बस्ने २६ वर्षीय बब्लु भन्ने मोहम्मद सफिक खाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत बाँकेबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनीहरूलाई खजुरा गाउँपालिका ८ रनियापुरमा फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button