स्याङ्जामा मालपोत कार्यालयका चारसहित १२ जना कोरोना सङ्क्रमित थपिए

स्याङ्जा । मालपोत कार्यालय स्याङ्जाका चार जना नयाँ सङ्क्रमित सहित स्याङ्जामा १२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
गण्डकी प्रदेशले आज बिहान जारी गरेको विज्ञप्तिमा स्याङ्जामा थप १२ जनामा कोरोना पुष्टि भएको छ ।
थपिने सबै पुतली बजार नगरपालिकाका भएको र उनीहरू सबैको कनट्याक्ट ट्रेसिङ्बाट स्वाब परीक्षण गराएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
मालपोत कार्यालयका कर्मचारी, वडा सचिव र सङ्क्रमित जुवाडेका आफन्तसहित १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।
सङ्क्रमित हुनेमा पाँच महिला र सात पुरुष रहेका छन् । सङ्क्रमण पुष्ठि हुनहरुमा ५५, ३८, ३६, ३१, २५, ४१, ५२ वर्षीय पुरुष र २७, ३३, ५३, ६०, २६ वर्षीया महिला रहेको उहाँले बताउनुभयो ।
मालपोतका कर्मचारी चार जनासहित पुतली बजार नगरपालिकाका एक जना, समुदायका सात जना रहेको पुतली बजार नगर स्वास्थ्य प्रमुख विष्णुप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उनीहरूलाई पुतलीबजारस्थित करेन्डाँडा स्वास्थ्य केन्द्र र कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।
पाँच दिनअघि मालपोतका एक जना कर्मचारी र पक्राउ परेका १९ जना जुवाडेमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएका मध्ये ७५ जनाको कन्ट्याक ट्रेसिङ गरी परीक्षणका लागि पोखरा पठाइएको थियो ।
योसँगै स्याङ्जामा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ५० पुगेको छ भने कोरोना निको भएर ३ सय ८ जना घर फर्केका छन् ।
जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४० रहेको भने दुई जनाका कोरोना सङक्रणका कारण मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्