तपाईँ सुन्दै हुनुहुन्छः

नदीमा डुबेर एक बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

पुनर्वास नगरपालिका–५ सिम्री नजिकै दोदा नदीमा डुबेर स्थानीय १३ वर्षीया सन्ध्या चौधरीको मृत्यु भएको हो ।

नदीमा नुहाउने क्रममा डुबेर उनको बुधवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button