तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना


जुम्ला – जुम्लामा विहिबार प्रदेश लेखा नियन्यत्रण कार्यालय, प्रदेश लेखा इकाई कार्यालय स्थापना भएको छ । प्रतिनिधिसभा सांसद गजेन्द्र बहादुर महतको प्रमुख आतिथ्यतामा प्रदेश लेखा नियन्त्रण कार्यालय उद्घाटन भएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो ।


उक्त कार्यालयबाट प्रदेश सरकार मार्फत आउने विभिन्न योजनाको भुक्तानी, आर्थिक लेखाजोखा लगायतका अन्य काम प्रभावकारी हुने विश्वास लिइएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाकै भवनमा प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना गरिएको हो ।
कार्यालय उद्घाटनमा बोल्दै प्रतिनिधि सभा सांसद गजेन्द्र महतले भन्नुभयो,“संघियता भनेकै घर आगनबाट सम्पुर्ण प्रशासनिक सेवा पाउनु हो ।

तीनै तहका सरकारले संघियता कार्यान्वयन स्वरुप सबै सेवामा घरदैलोमै दिने प्रयास गरेकै छन् ।प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना पश्चात प्रदेश मार्फत आउने योजनाको भुक्तानी तथा अन्य वित्तिय कामका लागि प्रदेशमै धाउनुपर्ने बाध्यतबा मुक्त भईने सांसद महतले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button