तपाईँ सुन्दै हुनुहुन्छः

झापामा एक परिवारका ११ सदस्यामा कोरोना संक्रमण पुष्टि

 भाद्र, झापा । झापाको कनकाई नगरपालिका–३ को एक परिवारका ११ सदस्यामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै घरका ११ सदस्यमा कोरोना संक्रमण भेटिएको झापामै पहिलो घटना भएको कनकाई नगरपालिकाका कोरोना सुचना तथा संचार समितिका सदस्य लक्ष्मी अधिकारीले बताउनुभयो ।

उक्त घरमा १४ बर्षको नातीदेखि ८४ बर्षकी हजुरआमासम्मलाई कोरोना पुष्टि भएको छ । घरमा सबैलाई कोरोना संक्रमण लागेपछि कनकाई नगरपालिकाले घरमै खाद्यान्न पुर्याई दिएको छ ।उक्त घरमा मात्रै नभएर कनकाई–३ को प्राय गाउँमा नै कोरोना संक्रमण फैलिएको छ । कनकाई नगरपालिकामा हालसम्म ४८ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button