तपाईँ सुन्दै हुनुहुन्छः

चीनसंग सिमा जोडिएको हिल्सा नाकामा सीमा प्रवेशद्धार निर्माण

जुम्ला – कर्णाली विकासको लाईफ लाईन मध्य उत्तरी चीनको सीमा संग जोडिएको हुम्लाको हिल्सा नाका पनि एक हो । हिल्सा नाका चीन संग कर्णालीको व्यापारिक सम्बन्ध विस्तार तथा आर्थिक समृद्धिको मेरुदण्ड हो । हुम्लाको नाम्खा गाउँपालिका– ५ हिल्सा नाका संचालन पश्चात माथिल्लो कर्णालीको जीवस्तर सुधारमा टेवा पुग्ने छ । जसको फाईदा समग्र कर्णालीले समेत लिने विज्ञहरु बताउँछन् ।


कर्णालीलाई उत्तरी चीन संग जोड्न हुम्ला स्थित हिल्सा नाका संचालनमा कर्णाली सरकारले प्रथामिकताका साथ काम गरिरहेको छ । सोहि अनुसार कोभिडकै क्रममा कर्णाली प्रदेश सरकारले हिल्सा नाकामा प्रबेशद्धार निर्माण गरेको छ । उत्तरी चीनको सीमासँग जोडिएको हिल्सा नाकामा पहिचान झल्किने सीमा प्रवेश गेट निर्माण सम्पन्न भएको कर्णाली प्रदेश पर्यटन मन्त्रालयले जनाएको छ ।


चीन र कर्णालीको सिमावर्ती क्षेत्र हिल्सामा ७५ लाखको लागतमा सिमा प्रबेश ढोका निर्माण भएको कर्णालीका पर्यटनमन्त्री नन्दसिंह बुढाले बताउनुभयो । उहाँले भन्नुभयो,“पर्यटन मन्त्रालयको आर्थिक सहयोग र डिभिजन वन कार्यालय हुम्लाको प्राविधिक सहयोगमा सीमा प्रवेश ढोका निर्माण भएको हो । भने, मानसरोवर कैलाशको मुख्य प्रवेशद्वार रहेको हिल्सा नाकालाई व्यवस्थित गर्न, निकट भविष्यमा उत्तरी चीन संग व्यापारीक गतिविधि बढाउन प्रदेशको ७५ लाखमा सीमा प्रवेश गेट निर्माण गरिएको छ ।”

हिल्सा नाकामा सिमा प्रबेश गेट निर्माण हुनु नै चीन संग कर्णाालीका अत्याआबश्यक व्यापारिक गतिविधि छिटै संचालनमा आउने संकेत हो । सहजै चिन संग व्यापार गर्ने कर्णालीबासीको सपना छिटै पुरा हुने मन्त्रीको बुढाको भनाई छ । सिमामा गेट निर्माण सकिएको पनि कर्णालीको पहिचान झल्कीने एतिहासिक स्थलहरुका तस्बिर राख्ने काम बाँकी छ ।

सिमा सुरक्षाका लागि हिल्सा बिओपी

उत्तरी चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सिमा सुरक्षाका लागि गत जेठ महिना देखि सशस्त्र प्रहरीको टोली खटिएको छ । समुद्री सतहबाट तीन हजार चार सय ४० मिटरको उचाइमा रहेको नाम्खा गाउँपालिका– ५ हिल्सामा सशस्त्रको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको हो ।

बिओपीमा सशस्त्र प्रहरी बलको हुम्लास्थित ४४ नम्बर गुल्मका इन्स्पेक्टरको नेतृत्वमा २५ जनाको टोली राखिएको जिल्ला प्रशासन कार्यालय हुुम्लाले जनाएको छ । बिओपीले सीमा सुरक्षासँगै सिमावर्ती क्षेत्रमा हुने आपराधिक र गैरकानुनी गतिविधिको पनि निगरानी तथा नियन्त्रण गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button