तपाईँ सुन्दै हुनुहुन्छः

आज एक हजार ८१ जनामा कोरोना संक्रमण 

काठमाडौं । आज काठमाडौँ उपत्यकामा ४ सय ६४ जना सहित थप एक हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज काठमाडौमा ३ सय ९४ जना, ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना सहित ३ सय ३८ महिला र ७ सय ४३ पुरुष गरी थप एक हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएकोे जानकारी दिनुभयो ।

यो सँगै हालसम्म संक्रमित हुनेको कूल संख्या ४९ हजार २ सय १९ पुगेको प्रा.डा जोगेश्वर गौतमले बताउनुभयो ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणका कारण आज थप ६ जनाको मृत्यु भएको छ । संक्रमणबाट आज ३ जना पुरुष र ३ महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको संख्या तीन सय १२ पुगेको छ ।

संक्रमणबाट काठमाडौका २ जना, र कास्की, अर्घखाची, नवलपरासी र बाँके जिल्लाका १–१ जनाको मृत्यृ भएको प्रा.डा गौतमले जानकारी दिनुभयो ।

यस्तै आज थप ९ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ३३ हजार ८ सय ८२ जना अर्थात ६८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयका प्रवत्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार आज देशभर संक्रिय संक्रमितहरुको संख्या १५ हजार २५ जना रहेको छ भने देशभर संस्थागत आइशोलेसनमा ७ हजार ९ सय ८८ जना र होम आइशोलेसनमा ७ हजार ३७ जना रहेका छन् ।

यस्तै संक्रमितहरुमध्ये १ सय ६२ जनाको आइसियु र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार हाल ५ सय भन्दा बढी संक्रमितहरु उपचाररत रहेका जिल्लाहरु काठमाडौ उपत्यकाका तीनै जिल्ला सहित चितवन, मोरङ, सुनसरी, सर्लाही र रुपन्देही रहेका छन् ।

यस्तै मन्त्रालयले कोरोना भाइरसको माहामारीसँगैे बालकालिकाहरुमा हुनसक्ने मानसिक समस्याको विशेष हेरचाह गर्न अनुरोध गरेको छ ।

नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवत्ता प्रा. डा जागेश्वर गौतमले शैक्षिक सस्था बन्द रहेका बेला बालबालिका तथा किशोरकिशोरीहरु बढी रिसाउने, झर्को मान्ने र उदास हुने जस्ता समस्या देखिएको र मानसिक समस्याको खतरालाई कम गर्न प्रविधिको प्रयोग गरी सहपाठी, सहकर्मीसँग रमाउने वातावरण बनाउन आग्रह गर्नुभयो ।

यस्तै प्रा. डा गौतमले कोरोना भाइरसको माहामारीसँगै नेपालमा आत्महत्या गर्नेको संख्या बढेको हुँदा मानसिक समस्याबाट बच्न सकरात्मक बन्न आग्रह गर्नुभएको छ ।

प्रा. डा गौतमले महामारी कारण आत्महत्या गर्नेको संख्या ३० प्रतिशले बढेको जानकारी दिनुहुदै कठिन परिस्थितिमा सकारात्मक विकल्पहरु खोज्न, एकाअर्कालाई खुलेर मद्दत गर्न र आवश्यक परेमा मनोचिकित्सकसँग परामर्श लिन समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button