वीरगञ्जको कोभिड अस्पतालमा संक्रमित शुन्य, जनरल सेवा शुरु हुदै
वीरगञ्ज । पर्सा जिल्ला कोरोना संक्रमणलाई नियन्त्रण गर्न सफल भएको छ ।
नारायणी अस्पताल वीरगंजको मातहतमा सञ्चालित वीरगंज हेल्थकेयर अस्थायी कोभिड अस्पतालको आईशोलेशनमा रहेका सम्पुर्ण संक्रमितहरु निको भई घर फर्किएपछि हिजो देखी अस्पताल खाली भएको छ ।
अस्पताल खाली भएसँगै ३ दिनभित्र अस्पताललाई सेनेटाईज गरी जनरल अस्पताल बनाउने तयारीमा आफुहरु जुटेको अस्पतालका सञ्चालक डा. अबुलहैस अन्सारीले जानकारी दिनुभयो ।
विगत एक सातादेखि वीरगञ्ज हेल्थकेयरमा कुनै पनि नयाँ संक्रमित नआएको र ३ सय भन्दा बढि संक्रमित निको भई घर फर्किएपछि अस्पताललाई अब जनरल सेवामा लैजाने तयारी गरिएको अन्सारीले बताउनुभयो ।
यसैबीच, जनरल सेवा सन्चालन भएपनि अस्पतालमा १५ वेडको कोभिड युनिट भने सञ्चालनमा रहने अन्सारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्