तपाईँ सुन्दै हुनुहुन्छः

उच्च अदालत तुलसीपुर, नेपालगन्ज ईजलासका १२ सहित ५८ जनामा कोरोना संक्रमण

बाँके । उच्च अदालत तुलसीपुर नेपालगन्ज ईजलासका १२ जना सहित बुधवार ५८ जनामा कोरोना पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको ७ सय ३७ स्वाब परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।

आज देखिएको ५८ जनामा बाँकेका ५२ जना र बर्दियाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

हालसम्म ९ सय १५ जना निको भएका छन् । ८ जनाको भने मृत्युु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button