तपाईँ सुन्दै हुनुहुन्छः

बलत्कार प्रकरणमा ३ जना पक्राउ

बैतडी । बैतडीको सिगास गाउँपालिकाकी १७ बर्षीया किशोरी बलत्कार प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ परेको छ ।

पीडित किशोरीका आफन्तले दिएको जाहेरीको आधारमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पीडित किशोरीका आफन्तहरुले दिएको जाहेरीको आधारमा तीनजनालाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । उनीहरुमाथि अनुसन्धान शुरु भएको छ ।

किशोरीलाई पटक पटक बलात्कार गरेको आरोप लागेका शिक्षक खडक बोहरा, सिगास गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button