तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा थप चार सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । उपत्यकामा आज थप चार सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप चार सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा एक सय चार जना महिला र दुई सय ९० जना पुरुष गरी तीन सय ९४ जना, ललितपुरमा २१ जना महिला र १३ पुरुष गरी ३४ जना र भक्तपुरमा २० जना महिला र १६ जना पुरुष गरी ३६ जना गरी आज उपत्यकामा चार सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर  एक हजार ८१ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४९ हजार दुई सय १९ पुगेको छ ।

त्यस्तै आज देशभरी कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेहरुको सङ्ख्या नौ सय १८ रहेको  मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

Image may contain: ‎text that says '‎ऋ.सं. २७ प्रदेशहरू महिला पुरुष 9 जम्मा २६ २९ ३० 9 ၃० ३२ १६ जिल्ला धादिड नुवाकोट भक्तपुर मकवानपुर रामेछ्छाप ललितपुर सिन्धुपाल्चोक ३६ १९ ၃३ ४२ 9 ३४ ३ २१ १३ ३४ ३ ३६ ३७ गण्डकी ੧ ७ ३5 ३९ १० 9 सिन्धुली कास्की गोरखा तनहूँ नवलपरासी पुर्व لا 9 ૧ ४० ४४ ४५ ४६ ૧ ३ २ प्रदेश 9 ४5 ४९ ५० पर्वत लमजुड वागलुड स्याडजा कपिलवस्तु गुल्मी दाड नवलपरासी १ ९ ੧੧ २ ५१ ५२ ५४ ५५ ५७ 5 ੧ १२ २ ੧३ वर्दिया बाँके रुपन्देही 98 २२ 95 ၃ע ४२ कोभिड-१९ अद्यावधिक विवरण मिति: २०७७/०५/२४ गते‎'‎

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button