रुखसहित पहिरो खस्दा नारायणगढ मुग्लिन सडक अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिङ सडक खण्डको भतेरी जङ्गलमा रुखसहित पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
भरतपुर महानगरपालिकाको वडा नम्बर–२९ अन्तर्गत भतेरीमा करिब दिउसो १ बजे सुक्खा पहिरो खसेको चितवन ट्राफिक प्रमुख दयाकृष्ण भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार रुख र पहिरो पन्छाउन लोडर मगाइएको र एकतर्फी खुल्न मात्र १ घण्टा लाग्ने छ । ‘दुई वटा ठुलो रुखसििहत पहिरो गएको छ , उनले भने दुईतर्फी सञ्चालन हुन साँझसम्म लाग्छ होला ।’
पहिरो गएको स्थान नारायणगढबाट करिब ७ किलोमिटर मुस्लिनतर्फ पर्छ । सडक अवरुद्ध भएपछि दुवैतर्फका सवारीसाधन जाममा परेका छन् ।








प्रतिक्रिया राख्नुहोस्