लखनदेही खोलाले बगाउँदा सर्लाहीमा एक वृद्धको मृत्यु
सर्लाही । सर्लाहीमा लखनदेही खोलाले बगाउँदा एक जना वृद्धको मृत्यु भएको छ ।
चुरे भेगमा केही दिनदेखि वर्षा निरन्तर भइरहेकोले खोलामा आएको बाढीले कविलासी नगरपालिका वडा नं.४ हेमपुर बस्ने अन्दाजी ७० वर्षीय सियाराम रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।
मङ्गलवार बरहथवा नगरपालिका–१७ श्रीपुरस्थित गाउँभन्दा पाँच सय मिटर पश्चिम पट्टि रहेको लखनदेही खोलामा हेमपुरबाट टिकुलियातर्फ जाने क्रममा वृद्ध रायलाई खोलामा आएको बाढीले बगाउँदा रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका सूचना अधिकृत तथा प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिनुभयो ।
यसै गरी मगंलवार मात्र इलाका प्रहरी कार्यालय, नवलपुरले एक जना किसानलाई लखनदेही खोलाको बाढीबाट जोगाएको छ ।
लालबन्दी नगरपालिकाको जुटपानी क्षेत्रमा रहेको खेतमा काम गर्न आउँदा हरिवन नगरपालिकाको घुर्कौली निवासी अन्दाजी ५० वर्षीय सिकिन्द्र महतो प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय,सर्लाहीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्