ढोरपाटन बाढी पहिरो : मृतकको सङ्ख्या १९ पुग्यो

बागलुङ । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा भदौ १७ गते आएको बाढी पहिरोमा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।
बाढी पहिरोले बस्ती बगाउँदा बेपत्ता भएका मध्ये थप दुई जनाको शव फेला परेपछि मृतकको सङ्ख्या १९ पुगेको हो ।
बुधवार गुल्मीको चन्द्रकोट गाउँपालिका–८ रामपुरस्थित वडिगाड खोलाको किनारमा ३२ बर्षिया चनी बिक र वडिगाड गाउँपालिका–६ खाला बजार छेउको खोला किनारमा २८ बर्षिया कुमारी बिकको शव फेला परेको छ ।
उनीहरुको शव पोस्टमार्टम गरेर बिहीबार परिवारको जिम्मा लगाइने इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिनुभयो ।
बाढी पहिरोमा १९ जना अझै बेपत्ता छन् । मृत्यु भएका मध्ये १७ जनाको यसअघिनै दाहसंस्कार भइसकेको छ । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्