तपाईँ सुन्दै हुनुहुन्छः

जितिया पर्वमा व्यस्त सुनसरीका महिला

सुनसरी । सुनसरीमा मधेसी र थारु महिलाहरूले मनाउने महान् पर्व जितियाको नहा खा गर्दै आजदेखि धार्मिक विधि अनुसार जितिया पर्व सुरु भएको छ ।

आजको दिन आज बिहानदेखि महिलाहरूले नदी वा पोखरीमा नुहाएर घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, र पिना प्रसादका रूपमा चढाई खाने र परिवारका सदस्यलाई खुवाउने कार्यमा व्यस्त बनेका छन् ।

आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा माछ मरुवा भनिन्छ ।

दुहबीसहित सुनसरीका व्रतालु महिलाहरू आफ्ना सन्तानको रक्षाका लागि यस जितिया पर्वमा उपबास बस्ने गर्दछ कथा प्रवचन सुन्ने र उपवास बस्ने महिलाहरू यो पर्वलाई आस्था, निष्ठा र भक्तिपूर्वक गर्ने लगायतका कार्यक्रममा उपवासको तयारीमा जुटेको दुहबी ६ की सरिता यादवले बताउनुभयो ।

यस पटक आज राति १० बजेभन्दा अगाडि नै व्रतीहरूले खानुपर्ने खानेकुरा खाइसक्नुपर्छ र भोलि बिहान केही खाँदैनन् । त्यसै गरी भोलि (बिहीबार) बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी पर्सि (शुक्रवार) बिहान व्रत सम्पन्न गर्नेछन् ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्त्व समेत रहेको छ ।
पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछ । राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई जिमतुवाहन नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button