चारआली जङ्गलको चौतारीमा बस्दै आएका राजकुमार जोगीको मृत्यु
भद्रपुर, झापा । झापाको चारआली जङ्गलको राजमार्गछेउ चौतारोमा बस्दै आएका अन्दाजी ४५ वर्षका राजकुमार जोगी मृत भेटिएका छन् ।
मङ्गलवार सुतेकै ठाउँमा जङ्गलको एकलास चौतारोमा उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।
सँगै सुतेकी पत्नी मीना खड्काले बेलुकी दुवै जना सँगै सुतेको तर बिहान उठ्दा राजकुमारलाई प्राण गइसकेको अवस्थामा पाएको बताउनुभयो ।
मागेर गुजारा गर्दै आएका उनीहरू कोरोना महामारी सुरु भएपछि भोकसँग जुधिरहेका थिए । कसैले दिएको र मागेर ल्याएको खानेकुरा खाएर उनीहरू पेट भर्थे ।
राजकुमार केही वर्ष अघिसम्म फेरी लगाउने जोगीको पेसा गर्थे तर त्यो पेसा पनि सङ्कटमा परेपछि उनी मागेर गुजारा गर्दै आएको स्थानीयको भनाइ छ ।
उनी जन्डिसका बिरामी रहेको प्रहरीले बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्