इटहरी उपमहानगरपालिकाद्वारा अस्पताललाई २ वटा एम्बुलेन्स प्रदान
सुनसरी । इटहरी उपमहानगरपालिकाले अस्पताललाई आज २ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरी अस्पताल संचालक समिति अध्यक्ष भूपेन्द्र वराललाई र उपमेयर लक्ष्मी गौतमले निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.मनिश शर्मालाई एम्बुलेन्सको चावी हस्तान्तरण गरेका हुन् ।
एम्वुलेन्सको प्रयोगबाट अहिलेको कोरोना सङ्क्रमण विषम परिस्थितिमा इटहरीको स्वास्थ्य सेवालाई सहज बनाउन सहयोग पुग्ने इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको भनाइ छ ।
कोभिड संक्रमित बिरामीलाई आइसोलेसन सम्म पुर्याउन तथा अस्पताल लैजान एम्बुलेन्स प्रयोग गरिने इटहरी अस्पताल सञ्चालक समिति अध्यक्ष भूपेन्द्र बरालले बताए ।








प्रतिक्रिया राख्नुहोस्