तपाईँ सुन्दै हुनुहुन्छः

चोरी संलग्नमा ४ जना पक्राउ

सप्तरी । नगर क्षेत्रमा चोरीमा संलग्न एक कुख्यात चोरसहित अन्य तीन जनालाई सप्तरी प्रहरीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कुख्यात चोर राजविराज ४ निवासी सैनी भनिने २८ वर्षीय सनियाँ मण्डल र चोरीका मतियार उहाँको २४ वर्षीया बहिनी ज्योति, सोही वडा बस्ने २२ वर्षीय मो. समिम अन्सारी तथा रुपनी गाउँपालिका ४ बस्ने २६ वर्षीय लाल महम्मद राइन् छन् ।

प्रहरी सक्रिय भएपछि पछिल्लो पटक राजविराज ७ स्थित एक पसलमा चोरी गरेको ८ घण्टा नबित्दै उनीहरुलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

घटना विवरण अनुसार राजविराज ७ स्थित हटियामा रहेको गणेश किराना स्टोर्स पसलमा सोमबार बिहान ४ बजेतिर सटर फोडेर नगद ४ लाख, १ लाख ५० हजारको रिचार्ज कार्ड तथा केही किराना सामान चोरेर लगेपछि पसल संचालक ओमप्रकाश साहद्वारा प्रहरी समक्ष उजुरी परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button