तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका कारण बाँकेमा एकै दिन दुईको मृत्यु

बाँके । कोरोना संक्रमणबाट बाँकेमा एकै दिन दुई जनाले ज्यान गुमाएका छन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत अर्घाखाँचीका ४२ वर्षिय पुरुषको मृत्यु भएको ६ घण्टाभित्रै नेपालगन्जका थए एक महिलाको मृत्यु भएको छ ।

मेडिकल कलेजमै उपचार गराईरहेकी नेपालगन्ज उपमहानगरपालिका १६ की ८० वर्षिय महिलाको मंगलबार बिहान ७ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

फोक्सोको निमोनियाबाट ग्रसित महिलाको स्वास्थ्यमा समस्या देखिएपछि भदौ २१ गते मेडिकल कलेज नेपालगन्जमा भर्ना गरिएको थियो । उपचारकै क्रममा २२ गते स्वाव संकलन गरेर कोरोना परिक्षण गराउँदा ति महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यद्यपी संक्रमण पुष्टि हुनुभन्दा पहिले नै मंगलबार बिहान महिलाको मृत्यु भईसकेको श्रेष्ठले बताउनुभयो । यसअघि आजै बिहान अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button