लागु औषध अफिमसहित दुई जना पक्राउ
जाजरकोट । जाजरकोट प्रहरीले १० किलो लागु औषध अफिमसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरपालिका ३ चावलेचौरका ४२ वर्षीय मनबहादुर बिष्ट र जुम्लाको तातोपानी गाउँपालिका ५ श्रीनगरका ५५ वर्षीया हरिचन्द्र डाँगी रहेका छन् । उनीहरुलाई लनगाड २ को कालिमाटी छेप्काबाट पक्राउ गरिएको जाजरकोटका प्रहरी नायव उपरिक्षक विनोद कुमार श्रेष्ठले बताउनु भयो ।
पक्राउ परेकाहरु माथि अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको उपरिक्षक श्रेष्ठले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्