हिरासतमा रहेका गाउँपालिका अध्यक्षसहित थप ६ जनामा कोरोना संक्रमण
रामेछाप । प्रहरी हिरासतमा रहेका रामेछापको लिखु तामाकोशी गाउपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५ प्रहरीसहित थप एक स्वास्थकर्मीमा संक्रमण पुष्टि भएपछि भदौ २१ गते लिएको स्वाब परिक्षणको रिपोर्टका आधारमा मंगलबार जिल्ला स्वास्थ कार्यालयले थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको हो ।
जिल्ला स्वास्थ कार्यालयका अनुसार स्वाब संकलन गरी परिक्षणका लागि पठाएका मध्ये गाउपालिका अध्यक्ष र उनका स्वकिय सचिब, सहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।








प्रतिक्रिया राख्नुहोस्