तपाईँ सुन्दै हुनुहुन्छः

बाढीपहिरो प्रभावितलाई खाद्यान्न वितरण

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकार्का बाढीपहिरो प्रभावित सात सय ७४ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

विश्व खाद्य कार्यक्रमको सहयोगमा प्रतिपविार ३० किलो चामल, ९ किलो दाल र साँढे दुई लिटर तेल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भएको छ ।

गत असार २५ गते गएको बाढीपहिरोले १४ जनाको मृत्यु भएको थियो भने एक हजार दुई सय घर बाढीपहिरोबाट प्रभावित भएको अध्यक्ष शाहले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button