तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा १४ र बर्दियामा १९ जना कोरोना संक्रमित थपिए

नेपालगन्ज । बाँकेमा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा नेपालगन्जका १२ जना, उच्च अदालत नेपालगन्ज इजलासका १ जना र नरैनापुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै बाँकेमा बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ७१ पुगेको छ । हालसम्म ८ सय ३८ जना निको भएका छन् । ७ जनाको भने मृत्युु भइसकेको छ ।

भेरीमै गरिएको परिक्षणमा बर्दियाका १९ जनामा पनि कोरोना देखिएको छ । संक्रमित अधिकांश बाँसगढी नगरपालिकाका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button