तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा लकडाउनको मोडालिटी परिवर्तन गरिने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा लकडाउनको मोडालिटी परिवर्तन गरिने भएको छ । भदौ १ गतेदेखि जारी लकडाउन चौथो पटक भदौ २४ गतेदेखि ३१ गतेसम्मको लागि थप गर्दा मोडालिटी समेत परिवर्तन गरिएको हो ।

नयाँ नियमानुसार अब बजारका सबै पसल व्यवसाय दिउँसो ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइने भएको हो । पसल खोल्दा स्वास्थ्य मापदण्डले तोकेको सबै प्रक्रिया अनिवार्य पुरा गर्नुपर्ने र त्यसको अनुगमन भने सिन्धुपाल्चोक उद्योग वाणिज्य महासङ्घले गर्ने भएको छ ।

मङ्गलवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । सवारी साधन सञ्चालन गर्ने, अन्तर जिल्ला हिहडुल गर्ने लगायतका यसअघिका निर्णय भने यथावत् नै रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button