तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा यातायात सेवा खुल्ला गर्ने निर्णय

पर्वत -कोरोना जोखिम बढ्ने भन्दै जिल्ला प्रसासन कार्यालय पर्वतले जारी गरेको यातायात अबरुद्ध गर्ने निर्णय फिर्ता भएको छ । गए राती १२ बजेसम्मका लागि जिल्ला प्रसासन कार्यालयले यातायात बन्द गर्ने निर्णय गरेको थियो । एक हप्ता लामो यातायात बन्दको निर्णय फिर्ता गर्दै आज देखि यातायात सेवा सुचारु गर्ने प्रसासनले निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बाहिरी जिल्ला जाँदा भने प्रसासन कार्यालयको अनुमती लिनुपर्ने जानकारी दिनुभयो । विरामी बोक्ने एम्बुलेन्स, दैनिक उपभोग्य सामाग्री, निर्माण सामाग्री, ईन्धन ढुवानी, सरकारी कार्यालय, सञ्चारकर्मीका सवारी, सुरक्षा निकाय, कुटनितिक नियोगका सवारीलाई भने रोक थिएन ।

छिमेकी जिल्लाबाट लुकिछीपी प्रबेश गर्नेहरुकै कारण संक्रमणको जोखिम देखिएपछि एक साता देखि आन्तरिक रुपमा चल्ने यातयात सञ्चालनमा रोक लगाइएको थियो । सार्वजनिक यातयात बन्द हुँदा पनि बजार, सरकारी कार्यालय र निजी सवारी साधनहरु भने निर्वाह रुपमा सञ्चालन हुँदै आएका छन् ।

लुकिछीपी छिरेकाहरुबाट संक्रमण भित्रीएको भए पनि सबै ठाउँमा पुग्न नसकोस भनेर एक हप्ता सार्वजनिक यातयात बन्द गरेर फेरी खोल्ने निती लिएको हो । तर, दुई हप्ता सम्म अवस्था हेरेर फेरि पनि आवश्यक परे फेरि बन्दको निर्णय हुनसक्ने प्रजिअ रेग्मीले बताउनुभएको छ । संक्रमित बढे अथवा समूदायमा कोरोना संक्रमण पुग्यो भने फेरि निर्णय पुनरावलोकन हुनसक्ने रेग्मीले बताउनुभयो ।

कोरोना संक्रमण समुदायस्तरमा जान नदिनका लागि केही दिन यता नाकामा चेक जाँचमा कडाई गर्दै अत्याबश्यक काममा बाहेक जिल्ला भित्रन र बाहिरीन कडाई गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button