तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

चितवन । चितवनमा बाघको आक्रमण बाट एकजना पुरुषको ज्यान गएको छ । पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्ने क्रममा भरतपुर महानगर पालिका वडा नम्बर १३ का ६० बर्षीय बाबुराम महत्तोको मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज बटुक दल गणका गणपति अरुण कुमार श्रेष्ठका अनुसार महत्तो घर नजिकैको सामुदायिक वनमा घांँस काट्न गएका थिए । बिहान करीब साढे १० बजे बाघले महत्तोलाई आक्रमण गरेको थियो ।

घटनास्थलमा भएको रगत र मृतक महत्तोको चप्पलको आधारमा खोज्दै जांँदा उनी २ किमी टाढा मृत भेटिएका हुन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button