वीरगञ्जबाट ४३ संक्रमित निको भई डिस्चार्ज
वीरगञ्ज । वीरगञ्जबाट आज साँझ थप ४३ जना कोरोना संक्रमण निको भई घर फर्किएका छन् ।
वीरगञ्जका विभिन्न अस्पतालको आईसोलेसन, होम आईशोलेशन, सामुदायीक आईसोलेशनमा उपचाररत रहेका संक्रमितहरूमध्ये ४३ जना कोरोना निको भई घर फर्र्किएको जिल्ला प्रशासन कार्यालय पर्साद्धारा आज साँझ जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
आज साँझ कोरोना निको भई डिस्चार्ज हुनेहरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सर्बसाधरण गरी ४३ जना रहेको जनाईएको छ ।
स्थानीय प्रसासनले जारी गरेको प्रेस नोटमा आज सम्म २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएका मध्ये १ हजार ८ सय ६५ पुरुष र ५ सय ३६ महिला रहेका छन् ।
त्यसैगरी वीरगञ्जमा कोरोना मुक्त भई घर फर्किनेको संख्या १५ सय ७ जना पुगेको छ । प्रशासनले जारी गरेको प्रेस नोटमा वीरगञ्जमा आजसम्म ४२ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको उल्लेख गरिएको छ ।
त्यसैगरी आज साँझ सम्म वीरगञ्जका दुई कोभिड अस्पतालमा ४९ पुरुष, १३ महिला सहित ६२ जनाको उपचार भईरहेको छ भने ७ सय पुरुष र २ सय २६ महिला गरी ९ सय २६ जना संक्रमित होम आईशोलेशनमा रहेको प्रसासनले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्