तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा सोमबार १५५ जना कोरोना संक्रमित 

सप्तरी । प्रदेश १ मा आज सोमबार १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा रहेका छन् ।

आज थप २ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरूमा मोरङको विराटनगर र बुढीगंगाका १–१ पुरुषको रहेका हालसम्म प्रदेश १ मा मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

प्रदेश १ मा आज ५२ जना डिस्चार्ज भएका छन् । योसहित प्रदेश १ मा आज सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८९६ पुगेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button