गुल्मीमा कुटपीटबाट एक जनाको ज्यान गयो
गुल्मी- गुल्मीको इस्मामा कुटपीटबाट एक जनाको ज्यान गएको छ । इस्मा गाउँपालिका वडा नं २ हस्तिचौरका २३ बर्षीय मोति बहादुर कुवंरको ज्यान गएको प्रहरीले जनाएको छ । इस्मा गाउँपालिका १ हस्तिचौरको छिन्नाखेलामा होटल संचालन गर्दै आएका कुवंर आज बिहान घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्टले जानकारी दिनुभयो ।
मोति र दाजु यम बहादुर कुवंरले संयुक्त रुपमा होटल संचालन गर्दै आएका थिए । यम बहादुरले आफु ९ बजे घर गएको र बिहान आउँदा भाईलाई अचेत अवस्थामा रगताम्य फेला पारेको बताउनुभयो । कुटपीटबाटै ज्यान गएकाले थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक श्रेष्टको भनाई छ ।
उचेत कुवंरको उपचारको लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै ज्यान गएको थियो । अस्पताल ल्याउँदा मृत्यु भइसकेकोले आफुहरुले मृत्यु घोषणा मात्रै गरेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक केदारराज पन्थको टोली घटना स्थल गएको छ ।








प्रतिक्रिया राख्नुहोस्