कृषि सामाग्री कम्पनी लिमिटेडद्वारा ठेक्का सम्झौता रद्द
काठमाडौ । कृषि सामग्री कम्पनी लिमिटेडले तोकिएको समयमा रासायनिक मल आपूर्ति गर्न नसकेपछि ठेक्का सम्झौता रद्द गरेको छ ।
शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द गर्दै धरौटी जफत गर्ने निर्णय गरिएको कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिनुभएको छ ।
मन्त्री भुसालले तत्कालका लागि सम्झौता रद्द गरिएको र धरौटी जफत प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र माघ ४ गते गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए ।
दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नुपर्ने थियो ।








प्रतिक्रिया राख्नुहोस्