छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

सिन्धुपाल्चोक । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने एक बाबुले आफ्नै छोरीलाई पटक पटक करणी गरेको भन्दै उजुरी आएपछि इलाका प्रहरी कार्यालय मेलम्चीले निज बुबालाई पक्राउ गरेको हो ।
करणी गर्ने बुबालाई प्रहरीले गत १९ गते घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो । ४१ बर्षीय पुरुषलाई अहिले जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद थप गरी मेलम्चीमा अनुसन्धान भइरहेको तामाङले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्