तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ का ९५ प्रतिशत धान बालीमा ग्वारो किरा लागेपछि किसानहरू चिन्तित

सप्तरी । सप्तरीका अधिकांश धान बालीमा ग्वारो नामक किरा लागेपछि धान सुक्न थाले पछि किसानहरू चिन्तित भएका छन् ।

कोरोना संक्रमण, कृषि मल तथा बिउँको अभाव र एक महिना अघि आएको बाढीले धान खेतीमा ठुलै क्षति पुर्‍याए पनि बाँकी रहेको धान बालीमा पुतली प्रजातिको ग्वारो नामक किराले धानको ढाड नै खाने गरेको जसले गर्दा धान सुक्न थालेपछि किसानहरू मारमा परेका छन् ।

छिन्नमस्ता गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिका किसानहरूको आग्रहमा आफ्नो गृह जिल्ला सप्तरी आएका प्रदेश नम्बर २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द प्रसाद साहले धान बालीको स्थलगत निरीक्षण गर्दे उहाँले भन्नुभयो यस प्रदेशको करिब ९५ प्रतिशत धान बालीमा ग्वारो किराको प्रकोप देखिएको छ ।

जिल्लामा कुल ८० हजार हेक्टर कृषि योग्य जग्गा रहे पनि ६२ हजार ८ सय हेक्टरमा मात्रै धान बाली रोपाइ भएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो । त्यसै गरी सिरहाका ५४ हजार हेक्टर जग्गा मध्ये ५१ हजार ३ सय हेक्टर जग्गामा धान खेती भएको बताउनु भयो ।

रासायनिक मल युरिया, डिएपि, पोटास लगायत नमिल्दा बालीको जरो कमजोर भई किराको आक्रमण बढेको कृषि ज्ञान केन्द्रका प्राविधिक दिनेश प्रसाद यादवले बताउँदै यसको रोकथाम र नियन्त्रणका लागि सो क्षेत्रहरूमा प्राविधिक खटाइ सकेको जानकारी दिनु भयो ।

त्यसै गरी जिल्लाका १८ वटै स्थानीय तहमा कृषि सम्बन्धी प्राविधिकको भए पनि समयमा हामी सँग सहजै भेट नहुने गरेको वोदेवरसाईन का एक किसान धर्मदेव यादवले गुनासो गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button