कालाबजारीको आरोपमा ५ पसललाई १ लाख १० हजार जरिवाना
वीरगञ्ज । कोरोना संक्रमणको कारण जनजिवन प्रभाबित भएको बेला कालाबजारी गरी आम उपभोक्ता ठगि गरेको आरोपमा वीरगञ्जका ५ वटा पसललाई स्थानिय प्रशासनले १ लाख १० हजार जरिवाना गरेको छ ।
उपभोक्ताहरुको गुनासो पछि आज वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीले वीरगंज महानगरपालिका स्थित घण्टाघर चोक स्थित पानगल्ली र रानिघाटमा रहेका विभिन्न खाद्यन्न तथा किराना पसलहरुलाई अनुगमन गरेको छ ।
सो क्रममा मूल्य सूची नराखेको तथा खरिद र बिक्री विल उपलब्ध गराउन नसकेको एवं म्याद गुज्रेका समानहरु संचित गरी राखेको आरोपमा बिभिन्न ५ वटा पसलहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिम जरिवाना गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले जानकारी दिनुभयो ।
अनुगमनको क्रममा पहिलो पटक कार्वाहीमा परेकाहरलाई आईन्दा खाद्य बस्तुहरुको कालोबजारी तथा मूल्य बृद्धि गरेको भेटिएमा कानून बमोजिम कडा कारवाही गरिने चेतावनी दिईएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।
सो अवसरमा घटनास्थलमै खाद्यान्नको कालाबजारी गर्ने सुमित्रा ट्रेडर्स एन्ड सप्लायर्स घण्टाघर चोक पानगल्लीलाई ५० हजार जरिवान न्यू संतोष जेनरल स्टोर, जय पान पसल सेन्टर र न्यू हरिओम किराना पसल रानीघाटलाई २० ÷२० हजार रुपैया जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो । सो अबसरमा अनुगमन टोलीले म्याद गुज्रिएका खाद्य सामाग्री नष्ट समेत गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्