दाङमा स्वरुप परिवर्तन गरेर लकडाउन एकहप्ता थप
तुलसीपुर । दाङमा स्वरुप परिवर्तन गरेर लकडाउन थप गरिएको छ । लकडाउन भदौ २८ गतेसम्म कायम रहने छ ।
जिल्ला प्रशासन कार्यालय घोराहीमा बसेको संकट व्यवस्थापन समितिको बैठकले बिहान ५ बजेदेखि १२ बजेसम्म बजार खोल्ने, निजी सवारीसाधन जोर बिजोरमा चलाउने र सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाईने निर्णय गरेको छ ।
संकट व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्